arrow

उपसभामुख भन्छिन्- यो देशमा केही गर्दा पनि नहुने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
indira-rana.jpg

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताएकी छन् । 

हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन् । 

उनले शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई-तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् । 

उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ