arrow

मुम्बई आक्रमणको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
rastriya-ekata-abhiyan-2080.jpg

काठमाडौँ । मुम्बई हमलाको १५ औँ वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले नेपालस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ। 

प्रदर्शनकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाकोसमेत  चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी पनि दिए । 

उनले पाकिस्तानलाई आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न मागसँगै हिन्दूहरूको सहयोगी बन्न पनि आह्वान गरे । 

यादवले सन् २००८ को नोभेम्बर २६ तारिखमा भएको मुम्बई हमलाले आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताए । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए ।

राष्ट्रिय एकता अभियानका समर्थकहरूले पनि पाकिस्तानविरुद्ध एकमतको भावना व्यक्त गरेका छन् । उनीहरुले आतंकवादलाई समर्थन गर्नु अपराध भएको भन्दै यो विश्वका लागि खतरा भएको बताएका छन् । 

यससँगै अभियानद्वारा हिन्दू समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नसमेत आह्वान गरिएको छ ।

उक्त प्रदर्शनमा सहभागीहरुले आतंकवाद र मानवअधिकार उल्लङ्घनविरुद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाएका छन् । 

यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ