arrow

विपदमा विद्यार्थीको भूमिका महत्वपूर्णः मन्त्री लामा

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर ११ सोमबार
tirtha-lama-2080-08-11.jpg

काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले विपदको संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सोमबार बेथानचोक गाउँपालिका वडा नं ६ मा रहेको सरस्वती माविमा अन्तर्राष्ट्रिय स्काउट भोलुन्टर ग्रुपले आयोजना गरेको “रिसर्च, रेस्क्यु एन्ड इमेरजेन्सी प्रोटोकल” सम्बन्धी ३ दिने तालिम कार्यक्रमको समापन गर्दै मन्त्री लामाले नेपालमा विभिन्न समयमा कुनै न कुनै विपद् आउने हुँदा विद्यालय तहदेखि नै समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणमा काम गर्नु र गराउनु महत्वपूर्ण भएको बताए । 

उनले यस प्रकारका तालिमले विद्यार्थीमा शिक्षण सिकाइसँगै जीवनपयोगी आयामहरुको पनि विकास हुने बताए । समयको हर समय असल कार्य गर्नका लागि भएकाले तालिममा सिकेको कुरा अप्ठेरो अवस्थामा संयमित र विवेकपूर्ण तवरले व्यवहारमा उतार्न विद्यार्थीहरुलाई मन्त्री लामाको आग्रह थियो । 

उनले जनताका पीरमर्कामा आफू सदैव लागिरहने र विकास निर्माणका गतिविधिमा हातेमालो गर्दै जाने पनि बताए । 

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले तालिमले विपदको समयमा उद्धार र राहत कार्यका लागि ‘टास्कफोर्स’ तयार भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए । 

उनले विपद् व्यवस्थापन आफैँमा एउटा उन्नत प्रकारको सीप भएकोले विपद्मा कसरी सुरक्षित हुने र गराउने भन्ने विषयमा जागरुकता बढाउने र आहतमा परेकाहरुमा साहस थप्ने कार्य हुने भएकाले तालिम प्रदान गर्ने सबैलाई धन्यवाद दिए । 

गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले विपद् व्यवस्थापन तालिमसँगै आयोजक संस्थाले विद्यार्थी साटफेर (स्टुडेण्ट साटफेर) कार्यक्रम गरी उनीहरुको क्षमता अभिवृद्धिका गतिविधि गरेकोप्रति खुशी व्यक्त गरे । 

कार्यक्रममा वडा नं ६ का अध्यक्ष विष्णु तामाङले ग्रामीण भेगमा आएर महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोप्रति अन्तर्राष्ट्रिय स्काउट भोलुन्टर ग्रुप (आईएसभीजी) लाई धन्यवाद दिए । 

कार्यक्रममा आईएसभीजी प्रमुख डा. दिक्पाल केशरी वैद्य, आइएसभीजी यूकेकी एक्जुकेटिभ मेम्बर डा. मुगे कक्स, आइएसभीजी यूकेका एक्ज्युकेटिभ डा. तिलकबहादुर श्रेष्ठ, आइएसभिजी एसिया प्यासेफिक डुपुटी कमिस्नार किरण न्यौपाने, आईएसभीजी नेपालका प्रमुख अजित खड्का, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापालगायतले कार्यक्रमबारे बोलेका थिए । 

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, अन्तराष्ट्रिय स्काउट भोलुन्टर ग्रुप (आइएसभीजी) एसिया प्यासेफिक डुपुटी कमिस्नार किरण न्यौपाने, (आइएसभीजी) नेपालका प्रमुख अजित खड्कालाई आईएसभीजीका प्रमुख डा. दिक्पालकेशरी वैद्यले आईएसभीजी सेवा पदकले विभूषित गरे ।  

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर तामाङले तालिमले विद्यार्थीहरुमा प्राकृतिक विपद्को अवस्थामा होसियारी र जनसचेतना बढाउन भूमिका खेलेकोमा अन्तर्राष्ट्रिय स्काउट भोलुन्टर ग्रुपप्रति आभार व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ