arrow

एनआरएनएको पुनः निर्वाचन गराउनुपर्ने आरके पक्षको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
ark-group-nrna.jpg

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ । 

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुनः निर्वाचनको माग गरेको हो । 

अनलाइन माध्यमबाट गराइएको सङ्घको गत निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानबिन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको बताएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाइँ आफ्नो व्यक्तिगत नभई संस्थागत लडाइँ भएको बताए । उनले आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको बताए । 

उनले सङ्घको पुनः निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको बताए । सानो घेरोमा संस्था लगेर पेल्दै गए अन्तिम घडीसम्म पनि न्यायको लागि लड्ने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ