arrow

भूकम्पमा बाँचेका बालबालिकाको खुशी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
rukum-pachhim-earthquake-vi.jpg

रुकुम पश्चिम । भूकम्पले थिलोथिलो पारेको रुकुम पश्चिमका वासिन्दा सम्हालिन थालेका छन् । गत कार्तिक १७ गते गएको मझौला खालको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुममा गरी १५३ जनाकाखे मृत्यु भएको थियो ।

जसमा जाजरकोटमा १०१ तथा रुकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते छन् । उपचारका क्रममा केही र चिसोका कारण केहीले ज्यान गुमाइसकेका छन् । 

थुप्रै जनधनको क्षति भएर बासै नभए पनि बाँचेकाहरु आगामी जीवनका लागि खुशी हुन खोज्दैछन् । 

साना साना बालबालिकाहरु भूकम्पपछि विद्यालय जान पनि सकेका छैनन् । विस्तारै सम्हालिँदै जाँदा र बासका लागि अस्थायी टहरा बन्दै जाँदा ती बालबालिका पनि दुःख बिर्सने प्रयासमा छन् । 

सोही क्रममा नेपाली कांग्रेस केन्द्रको निर्णयानुसार रुकुम पश्चिमको आठबिसकोटमा पुगेका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ती नानीबाबुको मिलेर गाएको गीत कैद गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुकुम पश्चिमका नानीबाबुलाई सुन्नुस् त ! भूकम्पले साथीभाइ, सम्पती गुमाएका यी नानीबाबु गीतमार्फत यसरी पीडामात्र पोखिरहेका छैनन् बाँचेकै कारण रमाउन पाउँदाका खुशी पनि साटिरहेका छन् । नानीबाबुको मुहारमा विस्तारै हाँसो फर्किएको छ। यस्तै भूकम्प प्रभावित नानीबाबुको परिवारलाई पालको बासबाट अस्थायी आवास (टहरा) मा सार्ने अभियानमा सानो भए पनि योगदान गर्न रुकुम पश्चिम आठबिसकोटमा छौं । यो अभियानमा बेलायतबाट श्रेया शिवाकोटी (खरेल) र प्रेमराज खरेल, कालिञ्चोक २ दोलखाबाट विमल थापा, र भिमेश्वर १ दोलखाबाट उज्वल शिवाकोटीले एक एक टहराको छानो हाल्न सहयोग पुर्याउनुभएको छ। तपाईहरु सबैलाई आठविसकोटका नागरिक र मेरो तर्फबाट धेरै धेरै धन्यवाद, जय होस। जय नेपाल ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ