arrow

रुसले इरानलाई लडाकू विमान दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
su-35.jpg

काठमाडौँ । रुसले इरानलाई लडाकू विमान दिने भएको छ । इरानले रुसी सुखोई एसयू-३५ लडाकू जेटसहित अन्य सैन्य विमान रुसबाट पाउने भएको हो । 

इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् । 

अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयू-३५ लडाकू जेट, मिल एमआई-२८ लडाकू हेलिकप्टर र याक-१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे । 

“विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने । 

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयू-३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ