arrow

भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
death_1618213452.jpg
तस्बिर – फाइल ।

जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । 

गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । 

स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । 

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ