arrow

थप चार उच्च अदालतमा ‘भर्चुअल बहस’ सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
rule-of-law.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालतका चार ओटा इजालसबाट भर्चुअल सुनवाइ शुरू भएको छ । जसअनुसार हेटौँडा, जुम्ला, महेन्द्रनगर र धनकुटासहित चार ओटा इजलासमा आजबाट श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सिंहदरबारस्थित आफ्नो कार्यकक्षबाट भर्चुअल्ली सुनवाइको आज उदघाटन गरेका छन् ।

उच्च अदालत हेटौँडामा न्यायाधीश शान्ता सेढाइँ र निर्मला शाक्यको संयुक्त इजलासमा बिहीबार भएको भर्चुअल सुनवाइ गरी आजको कार्यक्रम उद्घाटन गरिएको हो । 

सो क्रममा चितवनका कानून व्यवसायी मदन दाहालले आफ्नो ल च्याम्बरबाटै हेटौँडाको इजालसमा आफनो मुद्दाको बहस गरेका थिए । रुपेश ढुंगाना निवेदक रहेको लागुऔषध मुद्दामा उनले हेटौँडा उच्च अदालतमा चितवनबाट भर्चुअल बहस गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ