arrow

नागरिकले व्यवस्थाभन्दा विकास खोजेका छन् : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
Shalik.jpg
तस्बिर-फाइल

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागू गर्ने तयारी गरिरहेको बताएका छन् । 

मकवानपुरको थाहा नगरपालिकामा थाहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘थाहा महोत्सव’ २०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले नागरिकले व्यवस्था परिवर्तनभन्दा पनि विकास र समृद्धि खोजेको बताए । 

अहिले व्यवस्था परिवर्तनमा बहस केन्द्रित गर्नुभन्दा पनि विकास र समृद्धिका काममा लाग्नुपर्ने बेला आएको बताउँदै उनले नागरिकलाई विकास र समृद्धिका माध्यमबाट शासक वर्ग तथा नेतृत्व कर्ताले आफ्ना विचार, दृष्टिकोण जनतामा लानुपर्ने समय भएको बताए ।

केही व्यक्तिहरु अहिलेको व्यवस्थाविरुद्ध देखिएपनि कालान्तर यसकै पक्षमा रहने भन्दै उनले राजतन्त्र ल्याउनुपर्छ भनेर सक्रिय हुनेहरुले अहिलेको व्यवस्थाको मर्म नबुझेको बताए ।  

थाहा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं एमाले सचेतक महेश बर्तौला, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, थाहा नगरपाललिकाका नगरप्रमुख विष्णु विष्ट, बागमती प्रदेश प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु लगायतले महोत्सवले यस क्षेत्रका कृषि पर्यटन व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सव मङ्सिर २५ गतेसम्म चल्ने सङ्घका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ