arrow

मौसम बिग्रेर अलपत्र १८० मेडिसिनका विद्यार्थीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
srilanka-flag.jpg
तस्बिर – फाइल ।

कोलम्बो । श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । 

क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन् । 

ती विद्यार्थीहरू शनिबार बिहान हाईकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।

हान्थाना, श्रीलङ्काको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो। यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउँने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ