arrow

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता थापालाई पुरस्कार प्रदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
dishhome-award-2080-08-20.jpg

काठमाडौँ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । 

स्थानीय डिलरदाइ ध्वजबहादुर थलालको समन्वयमा देहीमाण्डौ बैतडीमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्करराज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरे । 

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं २ का अध्यक्ष सूर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजबबहादुर पाण्डे, वडा नं १ का अध्यक्ष विष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा कृयाशील व्यक्तिहरुको उपस्थितिमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।
  
डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ