arrow

भ्रष्टाचार नियन्त्रण गर्न महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ – आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
surendraraj-acharya-2080-08-23.jpg

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्ने धारणा राखेका छन् ।

महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वको पु¥याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने बताए ।

नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकासमा ध्यान दिनुपर्ने टिप्पणी गरे ।

‘जुनसुकै स्थानीय तहमा महिलाको नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार कम छ । त्यसैले गर्दा महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भीर हुनैपर्छ र, महिला दिदीबहिनीहरुले पनि अधिकार माग्ने भन्दा पनि आफ्नो क्षमतामा अभिवृद्धि गर्दै जानुपर्छ’, उनले भने ।

मन्त्री आचार्यले महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ