arrow

गगनको प्रश्न - कांग्रेस सरकारमा भएका बेलामा यति धेरै काण्डहरू किन भइरहेका छन् ?

कुशासनका कारण नागरिक आक्रान्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
gagan-thapas-nepal-pukar.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको मुख पत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्क दिक्क भएको बताए । उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको बताए ।

 उनले कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्‍यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ । केही समय अघिसम्म एउटा काण्ड जताततै थियो । सुन काण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो । अब यो केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ । यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको छ की अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् । यति धेरै काण्डहरू किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ