arrow

पशुपतिनाथमा देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
pashupatinath1.jpg

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज देखाइएको छ ।

पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ बजेदेखि एक दिनका लागि प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

उनका अनुसार मङ्सिर कृष्ण पक्षको औँसीका दिन आज भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनेर देखाउने परम्परा छ । 

यस वर्ष त्रयोदशीका दिन गत आइतबार नागरिकका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । 

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजेअगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइएको कार्यकारी निर्देशक डा खतिवडाले बताए।

उनले भने, “बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ