arrow

संस्थापन इतर पक्षको छलफलपछि गगन थापाले यसो भने [भिडियो] 

महासमिति बैठक सार्न नहुने निष्कर्ष, राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
gagan-thapa-2080-08-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । 

बुधवार संस्थापन इतर पक्षको भेला सकिए लगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । 

महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताए ।

 त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनको भनाई थियो । 

त्यसै गरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताए ।

 उनले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि सङ्गठित रूपमा दबाब दिन नेताहरूले जोड दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ