arrow

बालिकाको शव फेला, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
hatya-murder.jpg

धनुषा । धनुषामा एक बालिकाको हत्या भएको छ । 

सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या गरिएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवाले जानकारी दिए । 

बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए । 

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । 

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । 

घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरेको प्रवक्ता अवालेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ