arrow

खै कहाँ छ विकासको पूर्वाधार 

कठै नेपालको राजधानी, अस्तव्यस्त सडक [फोटोफिचर]

मुलुकभरबाट जनप्रतिनिधिहरु शहरमा, देखासिकी गरेर आफ्नो क्षेत्रमा लैजाने केवल कोलाहल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
kathmandu-valley-road-2080-.jpg

काठमाडौँ । सडकलाई विकासको पनि पूर्वाधारको रुपमा लिइन्छ । सडक सुविधाले जोडिएको गाउँघरसम्म सजिलै विकासका अन्य सेवासुविधाहरु पनि जोडिने गर्दछ ।

तर हाम्रो देशको संघीय राजधानी काठमाडौँ उपत्यकाको सडक हेर्ने हो भने राजधानी शहर हो भन्दा सायद कसैले विश्वास नगर्न पनि सक्छ । 

सडकमा धुलो, सवारी साधनले निकाल्ने धुवाँ, ढल र खानेपानीका लागि जथाभावी खनेर परेको खाडल, बिजुलीको भूमिगत तार व्यवस्थापनको काम जस्ता क्रियाकलापले सडक अस्तव्यस्त बनेको छ । 
       
यतिमात्र नभई सडकमा कोरिएका जेब्रा क्रस, सडक लेन मेटिएको छ भने कहीँकहीँ त जेब्रा क्रससमेत नहुँदा पैदल यात्रुहरुले सकस भोग्नु परेको छ, भूमिगत बिजुलीका हेडबक्सहरु फुटपाथमा राखिँदा यसले झन् जोखिम निम्त्याउने सम्भावना बढेको छ ।

उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने धुलोधुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको देखिन्छ । 

यस सम्बन्धमा सम्बन्धित निकायले समयमै ध्यान दिनु पर्ने थियो । तीन ओटै सरकार सक्रिय हुँदा पनि यी सडकहरुको कुरुपता देख्दा लाग्छ सरकार नै छैन । 

मुलुकभरबाट जनप्रतिनिधिहरु शहरमा खनिएका छन् । सम्भवतः उनीहरुले देखासिकी गरेर आफ्नो क्षेत्रमा लैजाने केही पनि छैन होला शिवाय कोलाहल ।

अनि यहीँका सांसदहरुलाई केले रोक्यो विकास गर्न ? उनीहरु कहाँ गएर गर्छन् विकास ? कहाँ दौडन्छन् ? प्रश्नैप्रश्नले घेरिएको छ अहिले संसद । 

 

kathmandu-valley-road-2080-08-30 (1).jpg
kathmandu-valley-road-2080-08-30 (2).jpg
kathmandu-valley-road-2080-08-30 (3).jpg
kathmandu-valley-road-2080-08-30 (4).jpg
kathmandu-valley-road-2080-08-30 (5).jpg
kathmandu-valley-road-2080-08-30 (6).jpg
kathmandu-valley-road-2080-08-30 (7).jpg
kathmandu-valley-road-2080-08-30 (8).jpg
kathmandu-valley-road-2080-08-30 (9).jpg
kathmandu-valley-road-2080-08-30 (10).jpg
kathmandu-valley-road-2080-08-30 (11).jpg
kathmandu-valley-road-2080-08-30 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ