arrow

राम–जानकीको वैवाहिक कार्यक्रमः मटकोर विधि सम्पन्न [२६ तस्बिरमा]

logo
निरञ्जन साह,
प्रकाशित २०८० मंसिर ३० शनिबार
bibahapanchami-2080-8-30.jpg

जनकपुरधाम । भगवान् राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत शनिबार जनकपुरधाममा मटकोर विधि सम्पन्न भएको छ ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगी बिहेको बेदी बनाउनका लागि माटो ल्याएका छन् ।

महिलाहरुले माटो बोकेर नगर परिक्रमासमेत गरेका थिए । मटकोरको क्रममा गंगासागरको डिलमा भजनकीर्तनको कार्यक्रमसमेत राखिएको थियो ।

जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए । 

वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको  हो ।

जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार स्वयम्बर तथा विवाहोत्सव र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

sita-ram-marriage-2080 (1).jpg
sita-ram-marriage-2080 (2).jpg
sita-ram-marriage-2080 (3).jpg
sita-ram-marriage-2080 (4).jpg
sita-ram-marriage-2080 (5).jpg
sita-ram-marriage-2080 (6).jpg
sita-ram-marriage-2080 (7).jpg
sita-ram-marriage-2080 (8).jpg
sita-ram-marriage-2080 (9).jpg
sita-ram-marriage-2080 (10).jpg
sita-ram-marriage-2080 (11).jpg
sita-ram-marriage-2080 (12).jpg
sita-ram-marriage-2080 (13).jpg
sita-ram-marriage-2080 (14).jpg
sita-ram-marriage-2080 (15).jpg
sita-ram-marriage-2080 (16).jpg
sita-ram-marriage-2080 (17).jpg
sita-ram-marriage-2080 (18).jpg
sita-ram-marriage-2080 (19).jpg
sita-ram-marriage-2080 (20).jpg
sita-ram-marriage-2080 (21).jpg
sita-ram-marriage-2080 (22).jpg
sita-ram-marriage-2080 (23).jpg
sita-ram-marriage-2080 (24).jpg
sita-ram-marriage-2080 (25).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ