arrow

पूर्वराजारानी आइतबार भैरहवा जाँदै, वीरगञ्जसम्म पुगेर फर्किने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
xking-gyanendra-komal_1617670243.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार भैरहवा जाने भएका छन् । दरबार निकट उच्च स्रोतका अनुसार उनी आइतबार पुस ८ गते भैरहवा जान लागेका हुन् । उनीसँगै पूर्वरानी कोमल र परिवारका सदस्यहरु पनि रहने बताइएको छ । 

पूर्वराजाको भैरहवा बसाईको समय अझै यकिन भइसकेको छैन । केही साता भैरहवा बसेर उनी मध्य क्षेत्रको भ्रमण अन्तर्गत वीरगञ्जसम्म पुगेर फर्किने छन् । 

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणमा जाने पुष्टि गरे । 

पाठक आफैैँले संचारमाध्यमलाई ई–मेलसमेत गरेका छन् । 

यसअघि अफवाहको रुपमा पूर्वराजाले सडक आन्दोलनको आह्वान गरेको गलत सन्देश कहीँ कतैबाट गएपछि पूर्वराजपरिवार सचेत देखिएको छ । 

डा. पाठकले बाहिर कतैबाट आएका सन्देशहरु आधिकारिक नहुने भएकाले सचेत हुने आग्रहसमेत गरेका छन् । उनले संचारमाध्यमबाट जाने सूचना सही होस् भन्ने पूर्वराजाको कामना रहेकोसमेत उल्लेख गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ