arrow

सीता–राम विवाह

विवाहपञ्चमी सम्पन्न, साधुसन्तलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन [फोटोफिचर] 

एक हजार एक सय ५१ साधुसन्तलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
bibaha-panchami-samapan-208.jpg

धनुषा । सप्ताहव्यापी कार्यक्रमको आयोजनासँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

आइतबार राति वैदिक परम्पराअनुसार प्रतिकात्मक भगवान् राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि सोमबार रामकलेवा विधि गरियो ।जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाई गरियो । 

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत सोमबार १ हजार १ सय ५१ साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको बताए ।

दासका अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, बरी, अचार, मिठाईसहितका व्यञ्जन समावेश गरिएको थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ दासले जानकारी दिए। 

दासले भने, ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाई गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौँ । दुई सयदेखि पाँच हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाई गरिएको हो । 

एक सातादेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गएराति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।

यसपालि करिब ८ देखि १० लाख श्रद्धालु भक्तजन विवाहपञ्चमीमा आएको स्थानीय दिपेन्द्र साहले बताए ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम, सातौँ तथा अन्तिम दिन रामकलेवा विधि गरी महोत्सव सम्पन्न हुन्छ ।

bibahapanchami-final2080 (1).jpg
bibahapanchami-final2080 (2).jpg
bibahapanchami-final2080 (3).jpg
bibahapanchami-final2080 (4).jpg
bibahapanchami-final2080 (5).jpg
bibahapanchami-final2080 (6).jpg
bibahapanchami-final2080 (7).jpg
bibahapanchami-final2080 (8).jpg
bibahapanchami-final2080 (9).jpg
bibahapanchami-final2080 (10).jpg
bibahapanchami-final2080 (11).jpg
bibahapanchami-final2080 (12).jpg
bibahapanchami-final2080 (13).jpg
bibahapanchami-final2080 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ