arrow

चीनमा भूकम्प

मध्यरातमा ६.२ रेक्टर स्केलको भूकम्प, ११८ पुग्यो मृतक संख्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
earthquake-FNL-new.jpg.jpeg

अपडेटः

काठमाडौँ । उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा ११८ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । भूकम्पमा परी दुई सय भन्दा बढी घाइते भएका छन् । 

चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । 

भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । 

प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । 

रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ