फेरियो पशुपतिको कार्यकारी निर्देशक, घनश्याम खतिवडाको स्थानमा लक्ष्मी पुन नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
907
Shares
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक फेरिएको छ । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको स्थानमा लक्ष्मी पुन नियुक्त भएकी छन् ।
खतिवडाको पदावधि यही पुस १ गते सकिएको थियो । कोषको कार्यकारी निर्देशक लक्ष्मी पुन माओवादी निकट पत्रकार हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बुधबार भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो ।