arrow

अंग्रेजी नयाँ वर्ष मनाउन झुम्यो लेकसाइड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
new-year-eve-pokhara-2024-(.jpg

पोखरा । पोखराको लेकसाइडमा आइतबार राति अंग्रेजी नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरुको उपस्थिति निकै उल्लासमय रहेको थियो । 

सडकमै खाऔँ सडकमै रमाऔँ नारासहित २५ औँ पोखरा सडक महोत्सवमा पर्यटकहरु को उपस्थिति बाक्लै रहेको हो । 

रातभर जाग्राम रहेर पर्यटकले नयाँ वर्षको स्वागत गरेका हुन् । 

अंग्रेजी नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतको तयारी विभिन्न देशले विभिन्न प्रकारले गरेका छन् । गरिरहेका छन् । 

सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ । 

न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो । 

अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो । 

त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए । 

३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो । 

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो । 
 

new-year-eve-pokhara-2024 (1).jpg
new-year-eve-pokhara-2024 (2).jpg
new-year-eve-pokhara-2024 (3).jpg
new-year-eve-pokhara-2024 (4).jpg
new-year-eve-pokhara-2024 (5).jpg
new-year-eve-pokhara-2024 (6).jpg
new-year-eve-pokhara-2024 (7).jpg
new-year-eve-pokhara-2024 (8).jpg
new-year-eve-pokhara-2024 (9).jpg
new-year-eve-pokhara-2024 (10).jpg
new-year-eve-pokhara-2024 (11).jpg
new-year-eve-pokhara-2024 (12).jpg
new-year-eve-pokhara-2024 (13).jpg
new-year-eve-pokhara-2024 (14).jpg
new-year-eve-pokhara-2024 (15).jpg
new-year-eve-pokhara-2024 (16).jpg
new-year-eve-pokhara-2024 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ