arrow

जापानको शक्तिशाली भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु, उद्दार जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
japan-earthquake-afp-2024-0.jpg

टोकियो । जापानको मध्य भागमा सोमबार आएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । भवनमा पुरिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । 

जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तको शिका शहरमा भवन भत्किँदा एक जना वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम निप्पोन टेलिभिजन नेटवर्कले जनाएको छ।

यसअघि, इशिकावाको नानाओ शहरमा भूकम्पको त्रासले दुई जनालाई हृदयाघात भएको राष्ट्रिय समाचार एजेन्सी क्योदोले राष्ट्रिय प्रहरी एजेन्सीलाई उद्धृत गर्दै जनाएको छ।

सोमबार दिउँसो मध्य जापानको सी अफ जापान कोस्टको फराकिलो क्षेत्रमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । 

पहिलो भूकम्पपछि सयौँ पराकम्पन आएको र ४ रेक्टर स्केलमाथिका दुई दर्जन पराकम्पन आएको पनि जनाइएको छ । 

सुनामीसमेत आएको छ । तर ठूलो सुनामी भने आएन । र पनि अझै ३५ हजार भन्दा बढी घरमा बिजुली काटिएको छ । सडक चिराचिरा परेका छन् । मानिसहरुलाई तटिय क्षेत्रमा नजान सूचना जारी गरिएको छ । 

घर बाहिर ननिस्कन पनि आग्रह गरिएको छ । 

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् । 

तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९ रेक्टर स्केलको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।

सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।

सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७।४ रेक्टर स्केलको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो । 

राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ