arrow

जापानको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० को मृत्यु, खोजी र उद्धार जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
japan-earthquake-2024-01-02.jpg

टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। 

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ । 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । 

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

सोमबारदेखि जापानमा कम्तीमा १ सय ५५ ओटा पराकम्पन आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ