arrow

जापान भूकम्पमा मृत्यु हुनेको संख्या ६२ पुग्यो, उद्धार जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
japan-earthquake-2024-01-02.jpg

टोकियो । अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा ६२ पुगेको छ । इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन् । घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ ।

७.६ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु मध्य जापानको नोटो प्रायद्वीप थियो । त्यसपछि दर्जनौँ ठूला पराकम्पन आएका छन् । 

आपतकालीन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरूसहित २५ भवनहरू ध्वस्त भएको बताएका छन् । उनीहरुका अनुसार १४ वटा संरचनामा मानिसहरु फसेका हुन सक्छन् । 

घरहरू ध्वस्त भएका छन् । भवनहरूमा आगो लागेको छ र सडकहरू व्यापक रूपमा क्षतिग्रस्त भएका छन् । जसले उद्धार सेवाहरूको काममा बाधा पुर्‍याएको छ।

इशिकावा प्रान्तको तटीय शहर सुजुममा करिब ९० प्रतिशत घरहरू पूर्ण वा लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् । अझ पराकम्पन आइरहँदा थप क्षति भइरहेको छ । 

सरकारले ५७ हजार ३६० जनालाई विस्थापित गर्नुपर्ने बताएको छ । प्रभावित क्षेत्रमा दशौं हजारलाई खाना वितरण भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ