arrow

प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा देश

यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन : गगन थापा [भिडियो]

पूर्व प्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
gagan-thapap-2080-09-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका छन् । बुधवार एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका हुन् । 

उनले देश प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको बताए । उनले राजनीतिक दलहरू समेत तिनै प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको नियन्त्रणमा भएको उल्लेख गरे । 

उनले यति धेरै पूर्व प्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरू देशहरूका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद पक्ष भएको बताए । उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरू हुन थाल्नु सकारात्मक कुरा भए पनि अर्थतन्त्रमा र शासकहरूको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए ।

उनले भने – ‘हामीले संविधान बनायौँ । ट्र्याकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरू बनेका छन् । बिस्तारै बिस्तारै संस्थाहरूलाई बलियो बनाउने प्रयास भइरहेको छ । अलिकति केही सकारात्मक कुराहरू भएका छन् । अर्थतन्त्रमा जुनखालको परिवर्तन ल्याउनुपर्ने हो भएको छैन । शासकहरूको प्रवृत्तिमा जुन परिवर्तन ल्याउनुपर्ने हो भएको छैन । खास गरी नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भनेको पाँच-छ जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीहरूको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरू उहाँहरूको एक प्रकारको नियन्त्रणमा भएकोले प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरूको नियन्त्रणमा भएको जस्तो । झगडा गरे पनि उहाँहरू । मिले पनि उहाँहरू । मैले पढेको प्रजातन्त्रमा एउटै नेता २०-२५ वर्षदेखि । यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन । यति धेरै भूतपूर्व प्रधानमन्त्री, अहिले गठबन्धनको बैठकमा जान्छु यहाँबाट, त्यहाँ एकले अर्कोलाई सम्बोधन गर्दै गर्दा नमस्कार प्रधानमन्त्रीज्यू, भनेपछि एउटा भएको प्रधानमन्त्री, अर्को हुनेवाला प्रधानमन्त्री, एउटा भइसकेको प्रधानमन्त्री, प्रधानमन्त्री नै प्रधानमन्त्री बसेको अवस्था हुन्छ । एक छिनपछि प्रमुख प्रतिपक्षसँग बैठक छ ५ बजे । त्यहाँ पनि को बस्ने भन्दा तीन वटा प्रधानमन्त्री । एउटा भइसकेको प्रधानमन्त्री, एउटा हुनेवाला प्रधानमन्त्री, एउटा हुनसक्ने प्रधानमन्त्री बस्ने बैठक । यो हाम्रो राजनीतिको दुःखद पक्ष हो ।’

महामन्त्री थापाले पूर्व प्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गरे । उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए । उनले पुराना नेतृत्वसँगको प्रतिस्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने सङ्केत गरे ।

उनले भने – ‘म शेरबहादुर देउवा र सुशील कोइरालाको बिचमा संसदीय दलको चुनाव हुँदै गर्दा नेपाली कांग्रेसको संसदीय दलको कर्मचारीलाई फोन गरेर मिलाएर उनले ढोकामा भन्दिएर लुकेर पछाडिको ढोकाबाट, पर्खालबाट आएर हेरेको मैले त्यो चुनाव । अस्ति म त्यही गेटबाट सांसद भएर म त्यहाँ गएर चुनाव प्रतिस्पर्धा गरेर आएको हो नि त । त्यसको परिवर्तन गर्ने प्रयास पनि त भइरहेको छ । हस्तक्षेप गर्ने प्रयास पनि त भइरहेको छ । प्रश्न पनि त गरिराखिएको छ । उत्तर आएको छैन । परिणाम आएको छैन । तर यति त हो नि, छिनोले हानेको हानेकै छौँ । फुटेको छैन । तर कहीँ घन छोडेर भागेको पनि छैन । थाक्यौँ भनेर हात उठाएर गएर समर्पण गरेको छैन । हानेको हानेकै छ । हान्दै गएपछि त्यो त फुट्छ फुट्छ । नफुटीकन सुखै छैन । फुटिसकेपछि त्यसपछि नयाँ कुरा प्रारम्भ हुन्छ । यसरी हेर्‍यौँ भने अलिकति सकारात्मक लाग्छ । होइन सकियो, बरबाद भयो भने त्यही कुरा लाग्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ