arrow

३९ न्यायाधीश उच्च अदालतमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
patan-adalat.jpg

काठमाडौँ । न्याय परिषद्को बुधबार बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
 
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन् । 

न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । 

यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । 

बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ