arrow

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न १० अर्ब अनुदान दिने [भिडियो]

नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
nepal-india-foreign-affairs.jpg

काठमाडौँ । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । 

बिहीबार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरूप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने भएको हो । 

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए । उनले दुई देशका ऊर्जा सचिवहरूका बीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौता भएको पनि बताए ।

 त्यस्तै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यु स्पेस इन्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ । 

त्यसै गरी काठमाडौँस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्ने पनि सहमति भएको उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीन वटा प्रसारण लाइनको उद्घाटन भएको बताए । 

उनले भैरहवा, रक्सौल–परानीपुरको सेकेन्ड सर्किट र कुसाहा–कटैता सेकेन्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतका बीचमा ऊर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताए ।

घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ