arrow

जापान भूकम्पमा ११० जनाको मृत्यु, २१० जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
japan-earthquake-afp-2024-0.jpg
तस्बिर – फाइल ।

टोकियो । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् । 

यसैबीच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ । 

भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएको छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।  

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।  

यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।

जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) का अनुसार भूकम्पका कारण इशिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।  

स्थानीय समयअनुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत अवरोधको सामाना गर्नुपरेको छ । १४ वटा सहरका ६६ हजार घरधुरी खानेपानी विहीनताको अवस्थामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ