arrow

राष्ट्रियसभा सदस्य पदको निर्वाचन

बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
bagmati-pradesh-province-3.jpg

मकवानपुर।  बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आइतबार अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो । 

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले चार पदका लागि यही पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशसभाका एक सय १० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ३७ जना गरी कुल तीन सय ४७ मतदाताको नामावली सार्वजनिक गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तारा आचार्यले जानकारी दिए।

कुनै पनि मतदाताको नामको विरुद्घमा उजुरी नपरेको र सो नामावलीमाथि थप संशोधन गर्न नपरेकाले जम्मा तीन सय ४७ मतदाता राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान गर्न पाउने भएको बागमती प्रदेश निर्वाचन अधिकृत सञ्जेलले  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ