arrow

राष्ट्रिय सभा निर्वाचन

बागमतीमा १५ उम्मेदवारले गराए मनोनयन दर्ता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
bagmati-umeduwar.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका हुन् । 

बागमतीमा सत्ता गठबन्धन दलबाहेक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएका छन् । बागमतीमा चार सिटका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । 

कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पौडेल र अन्यतर्फ जितजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले १–१ सिटमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजालले उम्मेदवारी दिएका छन् । 

एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजंग गुरुङले उम्मेदवारी दिएका छन् । 

बागमतीमा नेपाल मजदुर किसान पार्टी महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ