arrow

जेएन- १ देखिएपछि निगरानी : संक्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौँ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड-१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै संक्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् । 

नेपालमा पहिलोपटक हिजो सात जनामा कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो । साथै संक्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उनले अनुरोध गरेका छन् । 

मन्त्रालयले संक्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गन हुन, भौतिक दूरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ