arrow

एकैपटक न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
nyaa-parishad-nyaa-sewa-aayog.jpg

काठमाडौँ । न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।
 
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मंगलबारको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । 

सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो ।
 
आयोगमा प्रधानन्यायाधीश श्रेष्ठ अध्यक्ष रहने व्यवस्था छ । 

सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दिनमणि पोखरेल छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ