arrow

खाद्यले माग्यो चौथोदेखि नवौँ तहसम्मका लागि आवेदन [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
khadya-food-management.jpg

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पदपूर्तिका लागि आवेदन मागेको छ । खाद्यले चौथोदेखि नवौँ तहसम्मका पदमा आवेदन मागेको हो । 

सूचना जारी गर्दै खाद्यले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पद पूर्ति गरिनेसमेत जनाएको छ । 

आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । जसअनुसार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्धारा हुने बढुवाका लागि ५ जनाको आवदेन निकालिएको छ । 

कार्यक्षमता मूल्याङ्कनद्धारा हुने बढुवाका लागि १५ जना तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि ७ जनाको आवेदन मागिएको छ । 

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि भने ६० जनाको आवेदन मागिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ