arrow
ADVERTISEMENT

मन्त्रालय थपिँदैन : गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
narayankaji-shrestha-2080-06-07.jpg

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय नथपिने बताएका छन् ।  

शनिवार नेपाल हस्तकला महासङ्घको ४३ औँ वार्षिक साधारण सभामा गृहमन्त्री श्रेष्ठले मन्त्रालयहरूको सङ्ख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन् । 

मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताएका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले महासङ्घको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔँ भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए । 

यो हस्तकला विकास मन्त्रालय नै बनाऔँ भन्ने महासङ्घको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । 

उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ