arrow

भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक छ: नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
prakashman-congress.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।  सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण शुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले काठमाडौंको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए । उनले आफू उपत्यकावासी सुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुशी हुने बताए । उनले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरण मात्रै गरिएको स्पष्ट पारे।

उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठुलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्रीज्यू यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउन्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुशी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठुलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ