arrow

गर्भवती भएपछि १४ वर्षीया बालिका यौन शोषणमा परेको खुल्यो : आरोपी पाँच जना पक्राउ, तीन फरार

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० माघ २ मंगलबार
mugu-police-office.jpg

मुगु । मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी यौन शोषण गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका- ५ कार्कीवाडाका ३० वर्षीय वसन्त बहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया छन्  ।

उनीहरूलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीले जानकारी गराए ।

पक्राउ पर्नेमा अन्य तीन जना बाल्य उमेरका भएकाले  उनीहरूको नाम, ठेगाना, वतन प्रहरीले खुलाएको छैन ।

कृषि विकास कार्यालय गमगढी कै सवारी चालक जुम्ला जिल्ला चन्दननाथ नगरपालिका-७ का ३० वर्षीय पदम बहादुर कठायत सहित तीन जना फरार छन्  ।

बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ । बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो ।

चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि बालिकालाई प्रलोभनमा पारी यौन शोषण हुँदा गर्भ रहन गएको घटना बाहिरिएको हो ।

सोधपुछको क्रममा बालिकाले आफू माथि पटक पटक यौन शोषण भएको  प्रहरीलाई समीक्षा बताएकी थिइन् ।

गत असोज १० गते वसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका र त्यहाँ वसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई यौन शोषण गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

बालिकाको बयान र जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरिएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए ।

फरार भएकाहरूलाई पनि प्रहरीले खोजिरहेको र पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ ।



लोकप्रिय समाचार
नयाँ