arrow

पूर्वराजाले गरे शिवनगर महादेव मन्दिरमा पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
xking-driving-2080.jpg

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए । 

सो क्रमामा बाटोको दुवैतर्फ बसेका हजारौँ समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए । उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौँ समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए ।

उनको स्वागतमा शिवनगर चोकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो । मन्दिर छेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीयको विरोधपछि हटाएनन् ।

प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ।

पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए। उनले सम्बोधन गरेनन्।उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । 

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ