arrow

चीनमा गयो शक्तिशाली भूकम्प, पटकपटक पराकम्पन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
earthquake-final-------.jpg

काठमाडौँ । उत्तर पश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा शक्तिशाली भूकम्प गएको छ । 

मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ रेक्टर स्केलको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । 

२२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । 

मुख्य भूकम्पपछि ५.३ रेक्टर स्केलको शक्तिशाली पराकम्पनहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौँ आवासीय घर र गाईबस्तुका गोठहरू भत्किएका छन् । 

केही मानिसहरू सामान्य घाइते भएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ