arrow

कांग्रेस स्थापना दिवस

यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने कांग्रेसको धर्म हो : गगन थापा [भिडियो]

कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा कांग्रेस जीवनको एउटा सामान्य कुरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
gagan-thapa-10-12.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका छन् ।शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका हुन् । 

उनले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताए । उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताए । महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए । निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पारे ।

उनले भने – ‘नेपाली कांग्रेस पार्टी बनेको कुनै एउटा निर्वाचन हुन्छ । निर्वाचन जित्छौँ । निर्वाचन हार्छौं । हामी कहिलेकाहीँ २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौं । कांग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो । एउटा पक्ष मात्रै हो । जसरी पानीको धर्म छ । आगोको धर्म छ । रुखको धर्म छ । सूर्यको धर्म ताप दिनु हो । पानीको धर्म चिसो बनाउनु हो । आँत भिजाउनु हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने यसको धर्म हो । यो धर्म निर्वाह गर्ने हो । यो धर्म निर्वाह गर्दाखेरी हामी सरकारमा बसौँला, नबसौँला, भुँइमा बसौँला, चकटीमा बस्नुपर्ला । जहाँ बस्नुपर्ला ।’

महामन्त्री थापाले शनिबार देखि देशभर समुदायमा कांग्रेस अभियान शुरु हुने जानकारी पनि दिए । उनले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशिल सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गरे । उनले शहीद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेताहरुलाई अनुरोध गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ