arrow

संवाद यात्रामा गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
gaganthapa-madesh.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा मेचीबाट महाकालीसम्म संवाद यात्रामा छन् । 

अहिले भने महामन्त्री थापा मधेसका जिल्ला भ्रमणमा छन् । 

शनिबारदेखि झापाबाट थालेको ‘समुदायमा नेपाली कांग्रेस’ अन्तर्गतको संवाद यात्राले निकै नै सार्थकता पाएको छ । 

उनले माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुङ्गिने छ । 

यो क्रममा उनले स्थानीयका देख्दा अरूलाई साना लाग्ने तर उनीहरूका गम्भीर मुद्दाहरू निकै नै समय दिएर सुनिरहेका छन् । 

संवादकै क्रममा मधेसमा रहेका गगनले मधेसका सरकारी विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने बताएका छन् । 

उनले विद्यालयमा राजनीति नगरी विद्यालयको अवस्था बदल्नुपर्ने बताएका छन् । 

साथै नागरिकले दिएका सुझावमाथि छलफल हुने बताए । 

स्थानीयले दिनरात केही नभनी आफ्ना गुनासाहरू समाधान हुने विश्वासमा प्रतीक्षा गरेरै महामन्त्री थापालाई सुनाइरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ