arrow

चार सुनचाँदी व्यवसायी प्रहरी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको । 

चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ । 

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन् ।

कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुर्‍याएको भन्दै उनीहरु बिरोधमा उत्रेका छन् ।

सानो विषयलाई अपराधिक शैलीमा व्यवासायीलाई पक्रेर पथलैया पुर्‍याइएपछि व्यवसायीहरु आक्रोशित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ