arrow

बलात्कारका दोषी सन्दीपलाई जेल बाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् ।

उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले उक्त कुराबारे जानकारी दिएका छन् ।

बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ