arrow

भारतमा नागरिकता संशोधन कानून लागू

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
narendra-modi-pm-india-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा सोमबारदेखि नागरिकता संशोधन कानून (सिटिजनशिप अमेन्डमेन्ट एक्ट – सीएए) लागू भएको छ । केन्द्र सरकारले लागू गरेको यो कानूनले पाकिस्तान, बंगलादेश, अफगानिस्तानबाट आएका गैर मुस्लिम शरणार्थीलाई नागरिकता दिन मिल्नेछ । 

लोकसभा चुनाव भन्दा अगाडि नरेन्द्र मोदी सरकारले ठूलो साहस बटुल्दै सीएए जारी गरेको जानकारी दिएको हो । केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गर्दै सोमबारदेखि नै सीएए लागू भएको जनाएको हो । 

सीएए संसदबाट पारित भएको पाँच वर्ष पूरा भएको छ । सन् २०१९ मा यो कानून संसदबाट पारित भएको थियो । यद्यपि सरकारले अहिलेसम्म लागू गर्न सकेको थिएन । 

सीएएको आधारमा २०१४ को डिसेम्बर ३१ भन्दा अगाडि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट धार्मिक आधारमा प्रताडित भएर भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका मानिसहरुलाई नागरिकता दिइने छ । यी तीन देशबाट आएका मानिसहरुमात्र नागरिकताका लागि आवेदन दिन योग्य हुने छन् । 

नागरिकताका लागि आवेदन प्रक्रिया अनलाइन हुनेछ । आवेदकले भारत कहिले आएको हो भर्नुपर्नेछ । राहदानी वा अन्य कुनै दस्तावेज नहुनेलेसमेत आवेदन भर्न पाउँछन् । 

भारतमा पाँच वर्षभन्दा बढी समय बसेकाले नागरिकता पाउने पनि उल्लेख छ । अन्य विदेशीहरु (मुस्लिम) का लागि यो समय ११ वर्षभन्दा बढीको रहेको छ । 


 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ