arrow

बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने क्रम जारी, हाम्रो नेपाली पार्टीले पनि लियो फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
salikram-jamkattel.jpg
तस्बिर – फाइल, मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

हेटौँडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा छन् । 

उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमासमेत आफ्नो दाबेदारी पेश गरको छ । 

केन्द्रको गठबन्धन अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादीका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ गरी ५५ सदस्यको समर्थन रहेको छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठूलो दल रहेको छ ।

प्रदेशमा राप्रपाका १३ र नेपाल मजदूर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका सभामुख रहेका छन् ।

यस्तो अंक गणितमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत सुरक्षित गर्न एक मत आवश्यक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ