arrow

एक मन्त्री थपिए, बहुमत पुर्‍याउन गृहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
salikram-jamkattel.jpg

काठमाडौँ। प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन् । 

  बागमती प्रदेशको मैजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक जनामन्त्री थपेर बिहीबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

मुख्यमन्त्री जम्मट्टेलले बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् । 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री बज्राचार्यलाई पद तथा गोपनियताको बिहीबारै साँझ शपथ गराएका थिए ।

मुख्यमन्त्री जम्मट्टेलले उनलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेका छन् । 

बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट समावेश भएका छ जना मन्त्रीले गत फागुन २३ गते राजीनामा दिनुभई पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिएका कारण वर्तमान मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका थिए । 

उनले अब केही दिनभित्रै मन्त्रिपरिषद्मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई समावेश गरी बहुमतको सरकार गठन गर्ने गृहकार्य भइरहेको बताए । 

मुख्यमन्त्री जम्मट्टेलले यही चैत २३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ