- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौँडा । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारमा हालै नियुक्त भएका पार्टीका मन्त्रीलाई कारबाही गर्ने भएको छ ।
बिहीबार मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो ।
शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णय विरुद्ध गएको भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन् ।
बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमति गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलको सरकारमा सहभागी भएका हुन् ।