- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छन् । मंगलवार सिंहदरबारमा रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताइन् । उनले विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रूपमा मात्रै नभई जनताको आवाज सरकारसमक्ष पु¥याउने माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् ।
मन्त्री शर्माले आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानून निर्माणमा जोड दिएको पनि उल्लेख गर्नुभयो । उनले हाल संसद्मा रहेको सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारणमा रूपान्तरण हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने आवश्यकता रहेको बताइन् ।