arrow

पच्चीस वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
earthquake-taiwan-2024.jpg

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (य्रएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.४ रेक्टर स्केल मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठूलो भूकम्प भएको बताइएको छ ।

भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।

ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ । पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ